सुशीला सरकारको अपमान सहन नसकेर ४ राजदूतले दिए राजीनामा
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अपमान सहन नसकेर चारजना राजदूतहरूले राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेश सरकारले ११ जना राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर गर्नेगरी बोलाएको थियो । स्रोतका अनुसार मंगलबार ४ जना राजदूतहरूले राजीनामा बुझाएका छन् ।
बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि कृष्णप्रसाद ओली, कतारका लागि रमेशचन्द्र पौडेल र अमेरिकाका लागि लोकदर्शन रेग्मीले पदबाट राजीनाम दिएको बुझिएको छ । उनीहरूको राजीनामा स्वीकृत गर्ने तयारी भएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयमा रही काम गर्नेगरी बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शाहिल रुपाखेती (जर्मनी), दुर्गाबहादुर सुवेदी (जापान), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिम्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), डा. नरेशविक्रम ढकाल (साउदी अरेबिया), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र शनिल नेपाल (स्पेन) थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया