भदौ २३ पछि कमजोर मनोवलमा रहेको प्रहरीमाथि मधेश प्रदेशमा सांसद, दलका नेता तथा कार्यकर्ताहरूबाट आक्रमण
जनकपुर । भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनपछि कमजोर मनोवलमा रहेको नेपाल प्रहरीमाथि मधेश प्रदेशमा हमलाका साथै भौतिक आक्रमण भएको छ ।
सोमबार कानूनले दिएको जिम्मेवारी र पदीय हैसियतअनुसार डिउटीमा खटिएका तल्लो दर्जाका प्रहरीमाथि मधेश प्रदेश सभाका सांसद सदस्यहरू तथा विभिन्न दलका नेता, कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिको विषयमा असन्तुष्ट दलका प्रदेश सभा सदस्य, नेता तथा कार्यकर्ताहरूले सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका हुन् । उनीहरूले प्रहरीप्रति अपशब्द समेत बोलेका छन् ।
सुरक्षार्थ खटिएका सिपाही, हवल्दार, असई लगायतका सुरक्षाकर्मीमाथि दलका प्रदेश सभा सदस्य, नेता, कार्यकर्ताहरूले भौतिक आक्रमण समेत गरेका हुन् ।
गौरीबहादुर कार्की जाँचबुझ आयोगले समेत नेपाल प्रहरीलाई प्रमुख दोषी जस्तो देखाएर पत्र काट्ने, मिडियाबाजी गर्ने, बयानमा बोलाउने, जरिवाना गर्ने, स्पष्टीकरण सोध्न जस्ता कार्य गरेर मनोवल गरिाएको आरोप लागिरहेका बेला मधेश प्रदेशमा प्रहरीमाथि पुनः हमला भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया