तरुनी भएको रेष्टुरेन्टमा दारु खाने, सुकुम्वासीको घर भत्काए बालेन र राजुको घर पनि भत्किन्छ : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भूमिहीन, सुकुम्बासीको घर जसले भत्काउँछ त्यसको घरमा दुई लाख जनता पुगेर घर भत्काइदिने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा भूमिहीन तथा सुकुम्बासीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले भने, ‘भूमिहीन झण्डै दुई लाख जति मान्छे रहेछन् । अस्तिको आन्दोलनमा त्यति मान्छे थिएनन् त ? जसले घर भत्काउन आउँछ त्यस त्यसको घर भत्काउनुस् । जसले लछार पछार गर्छ उसैको बुढीलाई लछार पछार गर्नुस् ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’का कारण सडकमा मकै पोल्ने र सागका मुठा बिक्री गरेर जीवनयापन गरेका चेलीबेटीहरू देहव्यापार गर्न बाध्य भएको बताए ।
उनले भने, ‘बाटोमा मकै पोलेर बेच्ने, सागको मुठो बेच्ने चेलीबेटीहरू आज कित त विदेश बेचिन बाध्य भए । कि त उनीहरूले कोठा लिएर शरीर बेच्न, देहव्यापार गरेर शरीर पाल्न बाध्य भएका छन् । त्यो स्थितिमा बालेनले पु¥याएको छ ।’
‘अनि सोसल मिडियाले बालेनलाई वाहा वाहा वाहा गरिदिएको छ । फेक सोसल मिडियाको प्रयोग गरेर,’ प्रसाईंले भने ।
प्रसाईंले प्रश्न गर्दै भने, ‘यो सरकारी जग्गा होइन ? यो बालेनको बुवाको जग्गा हो ? राजु पाण्डेको बावुको जग्गा हो यो ? नेपाल सरकारको जग्गा हो । यहाँ बस्न पाउनुपर्छ । जसको जग्गा छैन । त्यसको बस्ने अधिकार हुन्छ । होइन भने बस्ने व्यवस्था गर्नुस् ।’
‘आफू एसी रुममा बस्ने । एसी गाडी चढ्ने । तरुनी भएका रेष्टुरेन्टमा गएर दारु खाने । सोसल मिडियाले बनाइदिएको देवत्वकरण गरेर अनि गरिवका छाला छिलेर जुत्ता बनाउने ? तपाईहरूलाई ठेगान लगाउने मान्छे थिएन । अब दुर्गा प्रसाईं आएको छ, बालेन जस्तो मान्छेहरूलाई,’ प्रसाईंले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया