लागुऔषध र हतियारसहित काठमाडौंमा दुई जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध र हातहतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषध र हतियारसहित पक्राउ गरेको जनाएको छ ।
थप अनुसन्धानको क्रममा प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडि लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया