तरुण अध्यक्ष गुरुङद्वारा पर्वतका सगरमाथा आरोही किरणलाई सम्मान
कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका किरण पि.सी.लाई सम्मान गरेका छन् ।
किरण पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारी निवासी हुन् । पर्वत जिल्लाबाट किरणले सगरमाथाको सफल आरोहण गरेका हुन् । किरणले सगरमाथा आरोहण गरेको खुसीयालीमा शुक्रबार पर्वतमा उनलाई निवासमा नै पुगेर तरुण अध्यक्ष गुरुङले सम्मान गरेका हुन् ।
अध्यक्ष गुरुङले अदम्य सहास बोकेका किरणको सफल आरोहणको प्रशंसा गरेका छन् । भारतीय सेनामा कार्यरत किरणको आरोहणले पर्वत जिल्लाको मात्रै नाम उच्च नबनेर हरेक नेपाली साहासी हुन्छन् भन्ने सन्देश भारतीय सेनामा फेरि पनि फैलाएको तरुण अध्यक्ष गुरुङले बताए ।
आरोही किरणले आफूलाई जन्माएको धर्तीप्रति आफू सदैव ऋणि भएको बताएका छन् । आफ्नो मातृभूमिको शक्तिकै कारण मातृभूमिमै रहेको सर्वोच्च शिखरमा आरोहण गर्न सकेकोमा किरणले खुसी व्यक्त गर्दै जन्म ठाउँ र देशको नाम राख्नको लागि आफू सधैँ प्रयत्नशील रहने बताएका छन् ।
सम्मान कार्यक्रम तरुण अध्यक्ष गुरुङका साथै नेपाली कांग्रेस, पर्वतका उप–सभापति डा.चुडामणि शर्मा, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य शिव शर्मा अधिकारी, नेपाली कांग्रेस प्रदेश सभा १ का सभापति राजकुमार क्षेत्री, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लामिछाने, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी., कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश सभा ‘१’ का सचिव केशव उपाध्याय, कुश्मा नगरपालिका–७ का वडा सदस्य अमृत ठकुरी सहित समाजसेवीहरू खडानन्द पौडेल, मीना रिमाल, घनश्याम लामिछाने, हरि लामिछाने, केशव पौडेल, बाबुराम पौडेल, नारायण अधिकारी, गोपी लामिछाने, सृष्टि लामिछाने, जनार्दन लामिछाने, कमला तिवारी, प्रज्जु तिवारी लगायतले आरोही किरणलाई दोसल्ला, फूलमाला र खादाले सम्मान गरेका छन् ।
हाल भारतीय सेनामा कार्यरत रहेका किरणले गत जेठ १३ गते भारतीय सेनाका तर्फबाट सगरमाथाको सफल आरोहण गरेका थिए । २०७४ सालमा भारतीय सेनामा भर्ती भएका किरणले भारतीय सेनाको रजत जयन्ती सगरमाथा अभियानको हिस्साका रूपमा सगरमाथाको आरोहण गरेका छन् ।
आरोहणपछि तत्काल समय नमिल्दा गृहनगर कटुवाचौपारी फर्किने मौका नपाएका किरण पाँच महिनापछि भारतीय सेनाबाट छुट्टी लिएर जन्म गाउँ आएका छन् ।
कटुवाचौपारीका किरण जस्तै पर्वतकै फलेवास नगरपालिका–२ थापाठानास्थित खुमका अर्जुन थापा मगरले पनि गत जेठमा नै सगरमाथाको सफल आरोहण गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया