कल्याण गुरुङद्वारा हस्ताक्षरको सनाखत गर्न माग, कीर्ते भेटिए अनुशासनको कारबाही गर्न प्रस्ताव, गगन–विश्वको ओठमुख सुक्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले देश जलेको बेला, सिंहदरबार, संसद र सर्वोच्च अदालत जलेको विशेष महाविधेशन किन ल्याएको हो ? भनेर प्रश्न उठाएका छन् ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने क्रममा नेता गुरुङले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरूको सनाखत गर्न माग गरे । उनले सनाखत गर्ने क्रममा ४० प्रतिशत् पुगने भने र हस्ताक्षर कीर्ते गरेको थाहा भयो भने अनुशासन समितिमार्फत कीर्ते कार्य गर्नेहरूलाई अनुशासनको हदैसम्मको कारबाही माग गरेका छन् ।

केन्द्रीय सदस्य गुरुङले प्रश्न गर्दै भने, ‘संसद विघठन भएका बेला विशेष महाधिवेशन ल्याउन मिल्छ ? यो कुरा गर्न मिल्छ ? हामी कांग्रेस हौँ भने यो कुरा गर्न मिल्छ ? सिंहदरबार जल्दा, संसद जल्दा, सर्वोच्च अदालत जल्दा विशेष महाधिवेशनको कुरा ल्याउन मिल्छ ?’

‘के कारणले ल्याएको हो विशेष महाविधेशन ? केका लागि ल्याएको हो ? विशेष महाविधेशनको कहाँ विरोध गर्नुपर्छ म विरोध गर्छु,’ गुरुङले भनेका छन् ।

नेता गुरुङले विशेष महाधिवेशनका लागि भनेर गरिएको हस्ताक्षरको सनाखतको प्रक्रिया अगाडि बढाउन कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग माग गरेका छन् ।

उनले भने, ‘त्यसैले सनाखत गरौँ आदरणीय कार्यबाहक सभापतिज्यू । यदि सनाखत गर्दाखेरी ४० प्रतिशत पुग्छ भने नियमावली बनाएर अगाडि बढौं । कार्यविधि बनाऔँ । कार्यविधि बनाएर अगाडि बढौँ ।’

‘होइन भने अनुशासन समितिको सभापति कहाँ हुनुहुनछ ? अनुशासन समितिमार्फत यदि फेक हस्ताक्षर बनाएका छन् भने अनुशासन समितिले कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ । कीर्ते हस्ताक्षर गर्नेलाई अनुशासनको कारबाही गर्नुपर्छ,’ केन्द्रीय सदस्य गुरुङले चेतावनी शैलीमा भने ।

महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा हस्ताक्षर अभियान चलाएका छन् । उनीहरू नियमित महाधिवेशन गर्नका लागि गर्नुपर्ने पूर्वतयारी समेत गरेका छैनन् । क्रियाशील सदस्यताको विवाद यथावत छ । नेता गुरुङले आलोचना गरेपछि महामन्त्रीद्वय थापा र शर्माको ओठमुख सुकेको छ ।

Published : Friday, 2025 November 7, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया