नियमित महाधिवेशनका लागि कांग्रेसका नेता, कार्यकर्ताहरूको ठूलो भेला, विशेष महाधिवेशनले युवालाई नेतृत्वमा आउन रोक्छ
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमा गर्नुपर्ने माग राखेर ठूलो संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरूले विशेष महाधिवेशनको बिरोध गरेका छन् ।
बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुण्डल्याण्डमा आयोजित बृहत दबाबमूलक भेलाका सहभागीहरूले विशेष महाधिवेशनको विरोध गरेका हुन् । उनीहरूले महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न नदिएर नेतृत्व हत्याउन विभिन्न षड्यन्त्रमा लागेको भन्दै आक्रोश पोखेका छन् । धारणा राख्ने अधिकांश नेताहरूले महामन्त्री थापाले आफ्नो पदीय जिम्मेवारी विपरितको गतिविधि गरिरहेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस, भक्तपुरका सभापति एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद दुर्लभ थापाको सभापतित्वमा भएको कार्यक्रममा झण्डै ५ हजार नेता, तथा कार्यकर्ताहरूको भेला भएको थियो । भेलाको सञ्चालन नेपाली कांग्रेस, बागलुङ सभापति एवम् गण्डकी प्रदेश सभाका सांसद जीतबहादुर शेरचनले गरेका थिए ।
विशेष महाधिवेशनको नाममा कीर्ते हस्ताक्षरहरू गरेर गगन थापा समूहले केन्द्रीय नेतृत्वलाई गुमराहमा राखेको नेताहरूले आरोप लगाए । उनीहरूले विशेष महाधिवेशनको नाममा गरिएका हस्ताक्षरहरूको सनाखत गर्ने हो भने सत्यकुरा बाहिर आउने बताएका छन् ।
महामन्त्री थापाले भनेअनुसारको विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन आवश्यक रहेको र युवापस्तालाई महाधिवेशनबाट नेतृत्वमा ल्याउन पहल गर्नुपर्ने माग राखेका छन् ।
कांग्रेसलाई एकजुट बनाएर नियमित महाधिवेशन गरेर जानुपर्ने नेताहरूको भनाइ छ । उनीहरूले मंसिरमा नियमित महाधिवेशन गराउन नसक्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विरोध गरेका छन् । युवाहरूको नाममा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरूले अवसर लिने गतिविधि कांग्रेसमा अब कसैले पनि स्वीकार नगर्ने उनीहरूले बताएका छन् । युवाहरूलाई कांग्रेसको राजनीतिमा ल्याउन वडादेखि नै महाधिवेशन गरेर नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया