अधिकांश केन्द्रीय सदस्यहरूद्वारा महामन्त्री थापाको प्रस्ताव अव्यबहारिक भन्दै आलोचना
काठमाडौं । नेपाली कांग्रेसका अधिकांश नेताहरूले फागुन २१ गतेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनलाई केन्द्रित गरेर जानुपर्ने सुझाव दिएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने क्रममा नेताहरूले महाधिवेशन र निर्वाचनका विषयमा एउटा ठोस निर्णय गरेर जानुपर्ने बताएका हुन् । उनीहरूले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।
महामन्त्री गगनकुमार थापाद्वारा राखिएको महाधिवेशनसम्बन्धी प्रस्तावको केन्द्रीय सदस्यहरूले निर्वाचनको कार्यक्रमसँग जुधेर आएको भन्दै आलोचना गरेका छन् । थापाले कांग्रेसको महाधिवेशनको मिति समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने दिन प्रस्ताव गरेका छन् । थापाको यो प्रस्तावले कांग्रेस चुनावमा जाने की महाधिवेशनमा जाने भन्ने प्रश्न उठेको छ ।
बैठकमा महामन्त्री गगनकुमार थापा, सह–महामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
कार्यसमितिको बैठक कात्र्तिक १९ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पुनः बस्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया