‘जेरी अन टप’द्वारा प्रदर्शनको नियम उल्लंघन, निर्मातालाई स्पष्टीकरण पत्र
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले अनुगमनको क्रममा प्रदर्शनको नियम पालना नगरेको पाइएको बताउँदै ‘जेरी अन टप’ नामक चलचित्रलाई स्पष्टीकरण सोधेको छ ।
मंगलबार समितिले प्रदर्शनरत ‘जेरी अन टप’ चलचित्रका निर्माता सरोज न्यौपानेलाई स्पष्टीकरण सोधेको जनाएको छ । निर्माता न्यौपाने नेपाल तरुण दलका केन्द्रीय सदस्य पनि हुन् । चलचित्रमा अनमोल केसी, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्माता न्यौपानेबाट चित्त बुझ्ने जवाफ नआए समितिले कारबाही गर्ने चेतावनी दिएको छ । समितिले न्यौपानेलाई ६ बुँदासहितको स्पष्टीकरण पत्र पठाएको छ ।
निर्माता न्यौपानेले चलचित्र ‘जेरी अन टप’मा अश्लील लाग्ने संवाद म्युट नगरिएको, धुमपान–मद्यपान हानिकारक छ भन्ने सन्देश नराखिएको, तोङ्बा खाएको दृश्यमा पनि सन्देश नलेखिएको, सबै सन्देश अंग्रेजी भाषामा रहेको पत्रमा भनिएको छ । कार्यविधिअनुसार ती सबै नेपाली भाषामा हुनुपर्ने समितिका एक सदस्यले बताएका छन् ।
कात्तिक १७ गते सिटी सेन्टरको बिग मूभिज् हलमा समितिले अनुगमन गरेको थियो । अनुगमनमा तोकिएको मापदण्डअनुसार नभेटिएको प्रतिवेदन अनुगमन समितिले समितिलाई पठाएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया