भक्तपुर बस्ने राहुललाई काठमाडौंबाट पक्राउ

काठमाडौं । ठगीको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३१ वर्षीय राहुल पुन्जलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ बस्ने धनुषाको जनकनन्दिनी गाउँपालिका–३ घर भएका राहुललाई प्रहरीले आइतबार पक्राउ गरेको जनाएको छ ।

राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितको उजुरीको आधारमा खटिएको प्रहरीले राहुललाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको सोमबार जारी प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

राहुललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Monday, 2025 November 3, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया