विशेष महाधिवेशन माग गर्ने गगन–विश्व समूहका नेताहरू इज्जत जोगाइ पाउँ भनेर निवेदन दिन पुगे विशालनगर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टी कब्जा गर्ने रणनीतिअनुसार कथित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको कीर्ते हस्ताक्षर गरेपछि अहिले आएर घाँडो भएको छ ।
गगन–विश्व समूहले दाबीसहित केन्द्रीय कार्यालयमा बुझाएको हस्ताक्षरलाई कांग्रेसले नेतृत्वले पत्याएको छैन । गगन–विश्वसँग मुस्किलले १० प्रतिशत महाधिवेशन प्रतिनिधि हुन् । ५४ प्रतिशत महाधिवेशनको हस्ताक्षर भनेर बुझाएको अधिकांश हस्ताक्षरहरू नक्कली र कीर्ते रहेको आरोप छ । हस्ताक्षरहरू केरमेट भएका छन् । कुनै हस्ताक्षर फोटो खिचेर राखिएका छन् । कुनै हस्ताक्षर सिसाकलमले गरिएका छन् । कुनै महाधिवेशन प्रतिनिधि जेलमा कैद काटिरहेका छन् । उनीहरूको पनि हस्ताक्षर रहेको छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने गगन–विश्व समूहका नेताहरूले सोमबार बिहान नेता डा.शेखर कोइरालासँग भेट गरेका छन् । विशालनगरस्थित सम्पर्क कार्यालयमा डा.कोइरालासँग भेट गरी विशेष महाधिवेशनको माग गर्ने पक्षका नेताहरूले आफूहरूको लाज बचाइदिन अनुरोध गरेका छन् । विशेष महाधिवेशनको कुराले हावा खाएपछि जिल परेका हस्ताक्षर अभियान चलाउनेहरूले हस्ताक्षर प्रकरण घाँडो भएको छ । उनीहरूको विशेष महाधिवेशनको माग र हस्ताक्षर प्रकरणले गर्दा मंसिरमा हुने भनिएको कांग्रेसको नियमित महाधिवेशन बिथोलिएको छ ।
केही दिन अगाडि बसेको पदाधिकारीहरूको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाविधेशनका लागि केन्द्रीय कार्यालयमा बुझिइएको हस्ताक्षरको सनाखत गर्ने भनेपछि महामन्त्री थापाले ‘मलाई पार्टीमा नबस भन्न खोज्नु भएको हो ?’ प्रश्न गरेका थिए । थापाले हस्ताक्षरहरूको सखानत गर्न नदिने पक्षमा छन् । पार्टी नेतृत्व विशेष महाधिवेशनका लागि संकलन भएका हस्ताक्षरको सनाखत गर्ने पक्षमा छ । सनाखतको कुरा उठेपछि महामन्त्रीद्वय थापा र शर्मा डराएका छन् ।
नेता डा.कोइरालालाई भेट्न गर्न गुरुराज घिमिरे, विष्णु सापकोटा, मनोजमणि आचार्य, टेकराज पौडेलका नेताहरू विशालनगर पुगेका हुन् ।
गगन–विश्व समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको थियो । सभापति शेरबहादुर देउवाको हत्या गर्ने उद्देश्य साथ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित निवासभित्र प्रवेश गरेर हिंसात्मक समूहले सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट नेतृ डा.आरजु राणा समेत गम्भीर घाइते भएकी थिइन् ।
सभापति देउवा गम्भीर घाइते भएको अवस्थामा गगन–विश्व समूहले पार्टी कब्जा गर्न विशेष महाधिवेशनको कुरा उठाएका थिए । विशेष महाधिवेशनका लागि गगन–विश्वले हदैसम्मको कीर्ते कार्य गरेपछि धेरैले रुचाएका छैनन् ।
महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवाको स्वास्थ्य लाभको कामना कहिल्यै पनि गरेनन् । उनीहरूले आजै चाहियो, भोलि चाहियो भनेर सभापति देउवाको राजीनामा माग गरिरहेका थिए ।
कार्यसमितिको जिम्मेवार पदमा थापा र शर्मा छन् । महामन्त्री रहेका थापा र शर्माले चार वर्षको कार्यकालमा के के काम गरे प्रश्न उठेको छ । चार वर्षसम्म शून्य पनि काम नगर्ने थापा र शर्माले अहिले आएर दोषभरि सभापति देउवालाई दिने कार्य गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया