सत्कार होटलमा प्रहरी छापा, रास्वपाका नगर सभापतिसहित १६ जना पक्राउ

दमक । जिल्ला प्रहरी कार्यालय, झापाले गौरादहस्थित सत्कार होटलमा छापामारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नगर सभापति जगत अधिकारीसहित १६ जना जुवा खेलिरहेका मानिसहरूलाई पक्राउ गरेको छ ।

शनिबार राति गौरादह नगरपालिका वडा नं. ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ । प्रहरीले छापा मारेर होटल सञ्चालकसहित १६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रास्वपा नगर सभापति जगत अधिकारीसहितका छन् । उनीहरूको साथबाट प्रहरीले १ लाख ६ हजार ६ सय २० रूपियाँ समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमध्ये विनोद अधिकारी गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

गौरादह–४ र रास्वपा वडा सभापति युवराज खड्का पनि पक्राउ परेका छन् । भरत कार्की, हृदय सुवेदी, टंक बराल (सुन व्यवसायी), राम फुयाँल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री समेत पक्राउ परेका छन् ।

विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ, सुदीप चेम्जुङ र दिलबहादुर मगर समेत पक्राउ परेका प्रहरीले जनाएको छ ।

Published : Sunday, 2025 November 2, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया