महामन्त्रीद्वय थापा र शर्माले बखेडा झिकेपछि केन्द्रीय कार्यसमितिका बैठक दोस्रो पटक बिथोलियो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बखेडा झिकेर विवाद सिर्जना गरेपछि केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

आइतबार पार्टी कार्यालय, सानेपामा बस्ने भनिएको बैठक कात्र्तिक १८ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । गत शुक्रबार पनि महामन्त्रीद्वय थापा र शर्माले पेलेर जान खोजेपछि कार्यसमितिको बैठक स्थगित भएको थियो ।

महामन्त्रीद्वय थापा र शर्माका कारण दोस्रो पटक केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक बस्दै नबसी बिथोलिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले प्रतिनिधि सभाको फागुन २१ गते हुन लागेको मध्यावधि निर्वाचन अगाडि विशेष महाविधेशन गर्ने अडान राखेका छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित बहुमत पदाधिकारी र सदस्यहरूले निर्वाचनलाई सामूहिक रुपमा एकताबद्ध भएर सहभागी भइ वैशाख महिनामा १५औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

मंसिर महिनामा कांग्रेसको चार वर्षे कार्यकाल समाप्त हुँदैछ । विशेष अवस्थामा कांग्रेसको कार्यसमितिको समयमावधि १ वर्ष थप गर्न मिल्छ । मुलुक संकटमा रहेका बेला मध्यावधि निर्वाचनमा मिलेर सहभागी हुनुपर्ने बहुमत पदाधिकारी र सदस्यहरूको अडान छ ।

Published : Sunday, 2025 November 2, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया