लोकप्रियतामा ह्रास आएर लुसिफर भन्दै आलोचना हुन थालेपछि आत्तिए बालेन

काठमाडौं । सामाजिक सञ्जालमा घट्दो लोकप्रियता र आलोचनाहरू बढ्न थालेपछि आत्तिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को तिलमिलाउन थालेका छन् ।

मेयरको पदमा रहेका साहले आफ्नो पदीय मर्यादालाई समेत ख्याल गर्न छाडेका छन् । सिंहदरबार जलाएको आरोप खेप्दै आएका साह मध्यरातमा उत्तेजक स्टाटस लेख्न थालेका छन् । उत्तेजक स्टाटस लेखेका साहको आलोचना भएपछि ती उत्तेजक स्टाटसहरू डिलेट समेत गर्ने गरेका छन् ।

मेयर साहले शनिबार मध्यराति उत्तेजक स्टाटस लेखेर हटाएका छन् । निकै असभ्य र अशिष्ट भाषामा रहेको स्टाटसको खुब आलोचना भएपछि आत्तिएका साहले स्टाटसलाई हटाएका छन् ।

विदेशी दलालको आरोप लाग्दै आएका मेयर साहको लोकप्रियतामा ह्रास आइरहेको छ । तत्कालीन समयमा पत्नीका कारण सिंहदरबार जलाउँछु भनेका मेयर साहले सिंहदरबार जल्दा आगो निभाउन दमकल पठाएका थिएनन् । दमकल नपठाएका मेयर साहले काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेलाई पानी वितरण गर्न गाडीमा पठाएका थिए ।

मेयर साहले आफ्नो गतिविधिलाई उत्तेजक र अराजक बनाउँदै लगेका छन् । उनका हर्कतले समाजलाई निकै क्षति भइरहेको छ । लोकप्रियतामा ह्रास आउन थालेपछि मेयर साहले समाजलाई भड्काउने प्रयासहरू गरिरहेको आरोप छ ।

सिंहदरबार र सर्वोच्च अदालत जलेपछि मेयर साहलाई ‘लुसिफर’ भनेर आलोचना भइरहेको छ । साहलाई सामाजिक सञ्जालमा निकै आलोचनाहरू भइरहेका छन् ।

Published : Sunday, 2025 November 2, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया