कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न नदिएका गगन–विश्वद्वारा प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् ।

शनिबार बालुवाटारस्थित सरकारी निवासमा कार्कीसँग थापा र शर्माले भेट गरेका हुन् । भेटमा फागुन २१ गतेको मध्यावधि निर्वाचन छलफल केन्द्रित रहेको बुझिएको छ ।

कांग्रेसलाई राष्ट्रिय राजनीतिमा निर्णय गर्न नदिएर विशेष महाधिवेशनमा दवाव सिर्जना गरिरहेका महामन्त्रीद्वय थापा र शर्माले कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग परामर्श गरेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् वा होइनन् केही भनिएको छैन ।

महामन्त्री थापा र शर्माले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा ठोस निर्णय गर्न दिइरहेका छैनन् । उनीहरूले मध्यावधि निर्वाचनलाई भन्दा पनि कांग्रेसको नेतृत्व हत्याउन रणनीतिमा आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।

Published : Saturday, 2025 November 1, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया