पोखरामा प्रहरीद्वारा १० करोडमा पेट्रोल पम्प सञ्चालन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरेका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालबाट भर्चुअल माध्यममार्फत पोखरा महानगरपालिकाको वडा नं. ६ शहीदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको खापुङ्गले उद्घाटन गरेका हुन् ।
खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको बताए । उनले प्रहरी पेट्रोल पम्पले गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने बताएका छन् ।
उनले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताए । उनले जनताको भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक संजयसिंह थापाले पनि स्वागत मन्तव्य व्यक्त गरेका छन् ।
प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जीवीप्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् । नेपाल प्रहरी कल्याण कोषको कुल ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रूपियाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया