खुसी हुँदै कांग्रेस नेता सिंहले भने– जेनजीले मेरो घर जलाएनन्, अरु सबै नेताहरूको जलाए, तोडफोड गरे, आक्रमण गरे

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले आफू बहेक कांग्रेसका अधिकांश नेताहरूको घर जलेको भन्दै खुसी व्यक्त गरेका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपा, ललितपुरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा नेता सिंहले आफ्नो घरलाई जेनजी प्रदर्शनकारीले तोडफोड नगरेको र नजलाएको बताए । उनले अन्य नेताहरूको घर जलेकोमा उनले खुसी व्यक्त गरेको एक नेताले बताए ।

सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणालाई भदौ २४ गते हत्या गर्ने उद्देश्यका साथ सांघातिक आक्रमण भएको थियो । देउवाको निवासमा लुटपाट गरेर जलाइएको थियो । कांग्रेसका अधिकांश नेताहरूको घरमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । नेता सिंहले आफ्नो घर र आफू सुरक्षित रहेको केन्द्रीय कार्यसमितिमा बताएका थिए ।

नेता सिंहको अहँकारपूर्ण अभिव्यक्तिले कतै उनी जेनजी प्रदर्शनकारीसँग मिलेर कांग्रेसका नेताहरूको घरमा आक्रमण गर्न पठाएका त होइनन् भन्ने आशंका नेताहरूले गरेका छन् । नेता सिंह निकट मानिने गुण्डा नाइके दावा लामासहितका समूहले काभ्रेमा जेनजी प्रदर्शनमा देखिएको आरोप लागेका बेला उनले केन्द्रीय कार्यसमिति बैठकमा तोडफोड, आक्रमण र आगजनीको कुरा उठएका छन् ।

नेता सिंहले आफूलाई बागमती प्रदेशको मुख्यमन्त्रीबाट हटाउँदा २४ घण्टा पनि नलगाउने नेताहरूले अहिले पार्टीको महाधिवेशन मंसिरमा गर्न सकिन्न भन्दा अचम्म लागेको बताएका छन् । नेता सिंहले व्यक्तिगत कुराहरू केन्द्रीय कार्यसमितिको बैठकमा राखेका छन् ।

नेता सिंहको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मंसिर महिना कटाएर ल्याइने तालिका नियमित महाधिवेशनको हुन्न, अनियमित हुन्छ, तपाईंहरू अहिले टिकट वितरणमा आफ्नो हात हुन्छ कि हुन्न भनेर महाधिवेशनका लागि लडाइँ लडिरहनु भएको छ । यही स्थिति हो भने टिकट कसैले लिँदैन । हिजो बाजे, बाले भनेका कुरा छोराछोरीले मान्थे । अहिले ठीक उल्टो छ । छोराछोरीले भनेको कुरा नै बाउबाजेले मान्ने अवस्था छ । नेताहरू नसुध्रिने, टीकेप्रथामा रमाइरहने, समयमा महाधिवेशन नगर्ने हो भने कांग्रेसलाई बचाउन कठिनाई हुन्छ ।’

कांग्रेसमा टीकेप्रथा भनेर विरोधमा उत्रिएका ठेकेदार पृष्ठभूमिका नेता सिंह दुई पटकसम्म समानुपातिक सांसद बनेका थिए । समानुपातिक सांसद बनेर ठेक्काहरूमा हालिमुहाली गरेका पूर्वमुख्यमन्त्री समेत रहेका नेता सिंह अहिले आफूले केही नपाएको भनेर सबैभन्दा ठूला र चर्का अभिव्यक्ति दिन थालेका छन् ।

Published : Friday, 2025 October 31, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया