गगनसँग प्रश्न गर्दै केन्द्रीय सदस्यहरूले भने– क्रियाशील सदस्यता नवीकरण र वितरणको काम किन गराउन नसकेको ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता विवाद समाधान गर्न किन ढिलाइ भएको भनेर प्रश्न उठाएका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरूले महामन्त्री गगनकुमार थापा नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले समयमा काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
केन्द्रीय सदस्य बहादुरसिंह लामाले कार्यतालिका नआउँदै नियमित कि विशेष महाधिवेशन भनेर गफ गर्न जरूरी नरहेको बताए । उनले कार्यतालिका निकालेर मात्रै केन्द्रीय कार्यसमितिको म्यान थप्ने÷नथप्ने बारे छलफल गर्नुपर्ने बताए ।
लामाले भने, ‘महाधिवेशन गर्ने गरी तालिका निकालौं अनि म्याद थप गर्ने नगर्ने भन्ने कुरा हुन्छ त । अहिलेदेखि विशेष महाधिवेशन गर्छु भनेर हुन्छ र ? क्रियाशील सदस्यता नवीकरण र वितरणको काम किन गराउन नसकेको ?’
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार बि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू ईन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले आ–आफ्नो धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया