जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुट्ने माओवादी निकट अखिल क्रान्तिकारीका नेता पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरी वृत्त, बानेश्वरबाट तीन नाल हतियार लुटेको आरोपमा सुजन वाइबालाई पक्राउ गरेको छ ।

काठमाडौंको शान्तिनगरका वाइबा बानेश्वर बहुमुखी क्याम्पसको माओवादी निकट अखिल (क्रान्तिकारी)बाट स्ववियु सदस्यमा विजयी भएका विद्यार्थीसमेत हुन् ।

प्रहरीका अनुसार हतियार बोकेर हिँडेको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2025 October 28, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया