सभापति देउवा र डा.राणा उपचारका लागि सिंगापुर प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
साेमबार राति पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगै उनकी धर्मपत्नी डा.आरजु राणा पनि सिंगापुर प्रस्थान गरेकाे कांग्रेस केन्द्रीय कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकको सल्लाह अनुसार आफ्नो थप स्वास्थ्योपचारका लागि सभापति देउवा धर्मपत्नी एवं पार्टी केन्द्रीय सदस्य डा.राणासहित साेमबार राति ११ः०५ बजे सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर प्रस्थान गरेका हुन् ।
नेपाली कांग्रेसले सभापति देउवा र डा.राणाको पूर्ण स्वास्थ्यलाभको कामना गरेकाे छ । भदौ २४ गते सभापति देउवा र नेतृ डा. राणाकाे ज्यान लिने उद्देश्यका साथ सांघातिक आक्रमण भएको थियाे । आक्रमणबाट गम्भीर घाइते देउवा र डा.राणालाई चिकित्सकहरूले उपचार गर्न सिंगापुर जान सिफारिस गरेका थिए ।
सभापति देउवा र डा.राणा आफूहरूलाई आक्रमण हुँदैछ भन्ने पूर्व जानकारी हुँदा पनि निवास छाडेर भागेका थिएनन् । देउवाले आफूलाई सुरक्षाकर्मीप्रति विश्वास रहेकाे र निवासमा भन्दा अन्यत्र कतै सुरक्षित हुन नसक्ने बताएर भाग्न मानेका थिएनन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया