सबैभन्दा खतरनाक ईनसाईड स्टोरीमध्य एक : संसद भवन जलाउने लुसिफरको अर्को कमाण्डर

प्रकाश तिमल्सिना

काठमाडौं । संघीय संसद भवन जलाएको कसैले जिम्मा लिएन भन्छन तर, `हामी नेपालका सदस्यहरू मध्यले यी दुईले जिम्मा लिएका रहेछन्, खासमा यी दुईजना हामी नेपालीका सदस्य रहेछन्, यी हुन कन्टेन्ट क्रियटर जोडी निमेष श्रेष्ठ र वर्षाजंग क्षेत्री ।

भदौं २४ गते संसद भवन परिसरभित्र रहेका श्रेष्ठले संसद भवनको पछाडि भागमा बसेर एउटा भिडियो बनाएका रहेछन् ।

उनले आफूलाई `हामी नेपाल´को मेम्बर भनेर चिनाउँदै भिडियोमा भने अनुसार उनका केही मान्छे संसद भवनभित्र पसेर तोडफोड र आगजानी गर्न भर्खरै सुरू गरेका छन् र आगजानी, तोडफोड गर्न उनी पनि जान लागेको जनाउँदै थप सुरूको समयमा तोडफोड र आगजनीमा संलग्नहरूको परिचय पनि गराउँछन् ।

उनले भने अनुसार बिश्लेषण गर्दा `आततायी समूह´ संसद भवनको पछिल्लो ढोकावाट सबैभन्दा पहिला संसद भवनभित्र प्रवेश गरेका हुन सक्छन् ।

त्यसपछि दोस्रो भिडियोमा संसद भवन जल्याे भन्दै खुसीले संसद भवनको अग्रभागतिर कुददै आएर भीडलाई भन्छन्, गाईज, संसद भवन जल्यो है । संसद भवन तोडफोड र आगजानी सुरू भएको कन्फर्म भए पछि अग्रभागतर्फ भिडियो बनाउँदै कुदेको देखिन्छ ।

मलाई पनि के लाग्छ भने म राति ७ बजे पुग्दा संसद भवनको अघिल्लो भागमा आगलागी गरिरहेका थिए । साँझ ७ बजेसम्म उनीहरू झुम्मर फुटाइरहेका थिए । केही अझै फुटाउन र टुटाउन बाँकी नै रहेको अवस्था थियो । मैले ७ बजेको भिडियो आफैले खिचेर हालेको पनि छु ।

मतलव निमेष र उनका समूह पछिल्लो ढोकाबाट सुरूमा पसेको थियो, यो अन्दाजी १ बजे हुनुपर्छ । अगाडिवाट सुरूमा प्रवेश गरेको भएँ, ७ बजे होइन, १ बजे नै झुम्मर फुटिसकेको हुन्थ्यो ।

जुन ठाउँमा हामी नेपालीका मेम्बर बताउने श्रेष्ठको भाषाको आशय अनुसार भिडियो बनाउने समयमा भर्खरै मात्रैभित्र केही उनका मानिसहरू पसेर तोडफोड आगजानी गर्न सुरू गरिरहेका छन् ।

त्यसपछि उनकी श्रीमती वर्षाजंगले जलिरहेको संसद भवन अगाडि बसेर भिडियो बनाएकी छिन, जलिरहेको संसद भवनलाई पृष्ठभूमि पारेर `आज संसद भवन हामीले जलायौं´ भनिरहेकी छिन् ।

यी को रहेछन् भने `कन्टेन्ट क्रियटर´ रहेछन्, मिलियन फ्लोअर्स रहेछ यीनीहरूको । अझ बढी श्रेष्ठ त सिनेमाकर्मी रहेछन्, सुरक्षा पन्तसँग मिलेर `लाईफ डयामेज´ फिल्ममा लिड रोलमामा पनि रहेछन् ।

र, अझ यीनको शक्ति भनेको भाईरल `कन्टेन्ट क्रियटर´ र युट्युबर परिचालन गर्ने क्षमता भएका मान्छे पनि रहेछन । आफ्नो फिल्म हिट गराउन धेरै जसो फिल्म निर्माताहरू प्रायले निमेषसँग सहयोग माग्दा पनि रहेछन् । मलाई त अलिकति पनि थाहा थिएन, यीनका बारेमा ।

हिमाल खबरपत्रिकाले पनि महत्वका साथ उसको कभरेज पनि गरेको रहेछ । हिमाल खबर पत्रिकाले `हामी नेपाल´को तर्फबाट जेनजी आन्दोलनमा सहभागी हुन आब्हान गरेको उल्लेख गरेको छभने सेतोपाटीले प्रधानसेनापतिसँग वार्ता गर्न जंगी अडडा गएको र आफ्नो समूहको नेता सुदन गुरूङ हो भनेर निमेषले जानकारी दिएको भनेर उल्लेख गरेको रहेछ ।

संसद भवन जलाउन प्रत्यक्ष भूमिका खेल्ने निमेष पछि सुदन गुरूङको प्रतिनिधि भएर राष्ट्रपति भवन पनि गएको सुनिन आएको छ । संसद भवन जलाउने उनै निमेषलाई मन्त्री बनाउन सुदनले निकै जोडबल गरेको पनि सुनिन आएको छ । संसद भवन जलाउन लुसिफरको एक कमाण्डर निमेष सफल भएपछि बल्ल अरू सरकारी भवन जल्न सुरू गरेको तथ्यले नै देखिसकेको छ ।

Published : Friday, 2025 October 24, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया