लुसिफर भनेकाेमा काठमाडौंका मेयर साहलाई सबैभन्दा ठूलाे तनाब, कांग्रेस र एमालेप्रति आक्राेश पाेखे

काठमाडौं । जेनजी प्रदर्शन र हिंसापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह `बालेन´लाई सामाजिक सञ्जालमा लुसिफर भनेर भइरहेको आलाेचनाप्रति आक्राेश पाेखेका छन् ।

भदौ २३ र २४ गतेकाे जेनजी प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत जलाइदिएका थिए । मेयर साहले आगाे निभाउन महानगरपालिकाका दमकललाई जान दिएनन् । साहकाे साे कार्यकाे विराेध र आलोचना भइरहेका छन् । मेयर साहलाई लुसिफर अर्थात अध्याराे काेठाभित्र बस्ने षड्यन्त्रकारी सैतान भाेर आलाेचनाहरू भएपछि आक्राेसित भएका हुन् ।

सिंहदरबार जलेकाे दाेष मेयर साहलाई लागेकाे छ । साहकी पत्नीले तीन वर्ष अगाडि शनिबारकाे दिन महानगरकाे सरकारी गाडी चढेकी थिइन् । काठमाडौंकाे तीनकुनेमा ट्राफिक प्रहरीले राेकेर चेकजाँच गरेेकाे रिसमा मेयर साहले सरकार र नेताहरूलाई गाली गर्दै सिंहदरबार जलाउने धम्की दिएका थिए । जेनजीकाे आन्दोलनमा मानिसहरूलाई आह्वान गर्दै मेयर साहले फेसबुकमा लेखेका थिए । साहले नै सिंहदरबार र सर्वोच्च अदालत जलेकाे दाेष लिनुपर्ने माग उठिरहेकाे छ ।

मेयर साहलाई लुसिफर भनेर निकै आलोचना भइरहेका छन् । लुसिफर भनेको मेयर साहलाई मन परेकाे छैन । साहविरुद्व सामाजिक सञ्जालमा भइरहेकाे टिकाटिप्पणीलाई लिएर आत्तिएका छन् । त्यसकाे जवाफ बुधबार सामाजिक सञ्जालमार्फत साहले दिएका छन् ।

मेयर साहले लेखेका छन्, ` तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौं, आन्दोलनमा पूरै देश एमालेले कांग्रेस जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौं । चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ । लाज लाग्दैन ?´

Published : Wednesday, 2025 October 22, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया