पाेखरा विमानस्थलकाे १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस भएका प्रदीपलाई कुटपिट गरेकोे अभियाेगमा ३ जना पक्राउ

काठमाडौं । पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झण्डै १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिसमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कुटपिट गरेकाे अभियाेगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले मंगलबार र बुधबार गरी सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्षीयल काेकिलबहादुर शाहीलाई पक्राउ गरेको एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

प्राधिकरणकाे केन्द्रीय कार्याल, सिनामंगलमा भारतबाट ल्याएर तान्त्रिक बाबामार्फत लक्ष्मीपूजा गरेर घर जान लागेका बेला महानिर्देशक अधिकारीले सातदोबाटोमा कुटाइ खाएको प्रहरीले बताएको थियाे ।

उनीहरूमाथि अनुसन्धान भइरहेको र किन दुर्व्यहार गरे भन्ने बुझ्ने काम भएको प्रहरीले बताएको छ । सोमबार साँझ अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही व्यक्तिहरूले भ्रष्टाचारीलाई कारबाही गर भन्ने नाराबाजी गर्दै महानिर्देशक अधिकारीमाथि कुटपिट र दुर्व्यवहार भएको थियोे । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले दुर्व्यहार गर्नेको पहिचान गर्न सफल भएको थियो ।

पाेखरा विमानस्थल निर्माणमा झण्डै १५ अर्ब भ्रष्टाचार गरेको निष्कर्षसहित सार्वजनिक लेखा समितिले महानिर्देशक अधिकारी सहित उच्च कर्मचारीहरूलाई कारबाही सिफारिस गरेछ । महानिर्देशक अधिकारीलाई निलम्बन गर्न लेखा समितिले सरकारलाई सिफारिस पनि गरेको छ । महानिर्देशक अधिकारी निकै शक्तिशाली र पहुँच भएका व्यक्तिमा पर्छन् ।

लेखा समितिले महानिर्देशक अधिकारीसँगै पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचार काण्डमा प्राधिकरणका निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेललाई निलम्बनसहित कारबाही सिफारिस गरिसकेको छ ।

Published : Wednesday, 2025 October 22, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया