सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको गोली हानेर हत्या
राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ ।
आइतबार बिहान १ बजे अपरिचित समूहले गोली प्रहार गरेर ७३ वर्षीय रामदुलार साहको हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।
गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अपरिचित समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए ।
घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।
घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सप्तरी प्रहरीका डीएसपी डम्बरबहादुर पुरीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया