मुस्लिम नायिका साराद्वारा हिन्दु मन्दिरमा पूजाअर्चना
मुम्बई । बलिउड अभिनेत्री सारा अली खानले रुद्रनाथ धाममा पूजाअर्चना गरेकी छिन् ।
सारा निधारमा चन्दनको लेप लगाएर शिवभजन गाउँदै गरेको तस्बिरमा देखिएकी छिन् । तस्बिरमा देखिएका साराका दृश्यहरूले प्रशंसा पाइरहेका छन् ।
तीन दिनको यात्राका क्रममा साराले कुनै पनि भीआईपी सुविधा उपयोग गरेकी थिइनन् । साराले साधारण तीर्थयात्रीझैं पैदल यात्रा गरिन्, बाटोमा भेटिएका मानिसहरूसँग कुरा गरिन् र गाउँघरको जीवनलाई नजिकबाट अनुभूत गरिन् ।
सामाजिक सञ्जालमा उनका तस्बिरहरू भाइरल बनेका छन् । धेरैले उनको भक्तिभाव र सरल व्यवहारको प्रशंसा गरेका छन् ।
सारा अली खान मुस्लिम परिवारकी सदस्य हुन् । साराका पिता अभिनेता सैफ अली खान र आमा अमृता सिंह हुन् । यसअघि पनि सारा विभिन्न हिन्दू तीर्थस्थलहरू काशी, उज्जैन, र केदारनाथ पुगेकी छन् ।
भारतमा कलाकारहरूले धार्मिक सीमाभन्दा माथि उठेर श्रद्धा प्रकट गर्ने क्रम बढ्दो छ । साराको यो रुद्रनाथ भ्रमण पनि त्यसको उदाहरणका रूपमा हेरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया