कांग्रेसमा सिद्धान्तको वहसभन्दा पनि व्यक्तिगत अहङ्कारले ठाउँ पाउँदा पार्टी कमजोर भयो : कुन्दनराज काफ्ले
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेले कांग्रेसमा सिद्धान्तको वहसभन्दा पनि व्यक्तिगत अहङ्कारले ठाउँ पाउँदा पार्टी कमजोर भएको बताएका छन् ।
शनिबार नेता काफ्लेले अपील जारी गर्दै भने, ‘प्रजाान्त्रिक समाजवादी कार्यक्रम र सिद्धान्तको व्यावहारिक प्रयोगका बारेमा पार्टीभित्र अहिले वहस र छलफल हुन सकेको छैन । केवल पदमा मात्र पुग्ने महत्वाकांक्षी प्रयासमात्र भइरहेका छन् ।’
‘कुनैपनि राजनीतिक पार्टीले आफ्ना घोषित सिद्धान्त र कार्यक्रमका बारेमा विचार, पुनर्विचार र समीक्षा गरिरहन्छ र जनाताको आस्था र विश्वासको अवस्थाको परीक्षण गर्दछ,’ केन्द्रीय सदस्य काफ्लेले भनेका छन् ।
उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा भएका आजसम्मका यावत् परिवर्तन पछाडि व्यक्तिको सम्मानित जीवन बिताउने शाश्वत आकांक्षा राखेको पाइन्छ । यसकै कारण कांग्रेसले लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको हो ।’
‘यो व्यवस्थामा उदाहरणीय र कठोर नैतिक चरित्र प्रदर्शन गर्नुपर्दछ । के हामीले त्यो गर्न सकेका छौँ ?,’ उनले प्रश्न गर्दै भने ।
‘अहिले मेरो चासो र चिन्ता भनेको शिक्षा, स्वास्थ्य जस्ता संविधानमा ग्यारेन्टी गरिएका एकतीस मौलिक हक कार्यान्वयनको बारेमा कुनै कुरो नउठाउनु हो,’ नेता काफ्लेले भने ।
कांग्रेस नेता काफ्लेले भने, ‘वीपी कोइराला जस्तो सिद्धान्तवादी समाजवादी नेताको मार्गदर्शनमा अघि बढेको पार्टीको नैतिक हिम्मत सगरमाथा जत्तिकै अटल छ र हामीबाट जनाताको पक्षमा काम गर्दा कुनै कमजोरी गरेका छैनौँ भनेर ढुक्क साथ भन्न सक्ने नेतृत्व निर्माणको मेरो आवज र अभियान हो ।’
‘ढाकछोप र लिपपोतबाट अघि बढ्न मिल्दैन र जनताको आँखामा छारो हालेर पानीमाथिको ओभानो बन्नखोज्ने पदासीन र पदासीन माथि खुल्ला विद्रोह गर्न साथीहरूमा आह्वान गर्दछु,’ उनले भनेका छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडलेलले कांग्रेसमा मुलुकको संकटपूर्ण राजनीति र देशको चिन्तनका विषयमा प्रवेश गर्न नदिएर व्यक्तिवादी चरित्र देखाउँदै नेतृत्व हत्याउने षड्यन्त्र गरेका बेला नेता काफ्लेले मुलुक, कांग्रेस र नेता, कार्यकर्ताप्रति चिन्ता जनाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया