कांग्रेसको नियमित महाधिवेशनमै समझादारी गर्नुपर्छ : कार्यबाहक सभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने बताए । उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए ।
‘मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं,’ खड्काले भने ।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया