राप्रपाका दुई महामन्त्रीद्वारा बैठक बहिस्कार, फुटको संघारमा पुग्यो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई दुई जना महामन्त्रीले बहिस्कार गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौंमा बसेको बैठकलाई महामन्त्रीद्वय धवलशम्शेर जबरा र कुन्ती शाहीले बहिस्कार गरेपछि खैलाबैला भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको निरंकुश कार्यशैलीको विरोध गर्दै उनीहरूले बैठक बहिस्कार गरेको एक नेताले बताएका छन् । जबरा र शाही बैठकमा सहभागी हुनै आएनन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ । दुई महामन्त्रीले बैठक बहिस्कार गरेपछि राप्रपाभित्रको भाँडभैलो बाहिर आएको छ ।
महामन्त्रीद्वय जबरा र शाहीले पार्टी अध्यक्ष लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका छन् । राप्रपा फुटको संघारमा छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया