काठमाडौंमा दश बोरा बिष्फोटक पदार्थसहित शर्मा पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा १० बोरा बिष्फोटक पदार्थसहित ४५ वर्षीय सुनिल शर्मालाई पक्राउ गरेको छ ।
भारतको राजस्थान घर भएका शर्मालाई प्रहरीको टोलीले ताहाचलस्थितबाट १० बोरा बिष्फोटक पदार्थसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
१० बोरा बिष्फोटक पदार्थ बरामद भएको विषयमा प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको एआईजी कार्कीले बताए ।
बरामद भएको बिष्फोटक पदार्थको अन्दाजी मूल्य नेपाली रुपियाँ ७ लाख रहेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । बरामद भएका सामानहरूमा पटाका १० बोरा, काजु ४ बाल्टी, कपडा (टिसर्ट) २ बोरा रहेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध कार्यालय, टेकुको टोलीले शर्माको गोदाममा छापामारेको थियो ।
शान्ति सुरक्षामा खलल पुर्याउने समूह र तत्व सलबलाउन सक्ने भन्दै काठमाडौं उपत्यकामा प्रहरीले कडा निगरानी गर्दै आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया