सभापति देउवा र नेतृ डा.राणामा देखिएको भद्रता, उच्च मनोवल र सालिन भावमा अभिवादन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणा उच्च मनोवलका साथ केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका छन् ।
मंगलबार दिउँसो करीव २ बजेतिर पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुर आइपुगेका देउवा र डा.राणाले नेता, कार्यकर्ताहरूलाई हँसिलो अनुहारमा हात जोडेर अभिवादन गरेका थिए । केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अनुसार सभापति देउवा र नेतृ डा.राणालाई उच्च मनोभाव तथा मनोवलमा देख्दा निकै खुसी लागेको बताए ।
नेता चौधरीले भने, ‘आदरणीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा दुई हात जोडेर हँसिलो मुहारका साथ सामान्य पहिरनमा पार्टी कार्यालयमा आउनुभयो । सबैलाई अभिवादन गर्नुभयो । कसैसँग पनि धेरै बोल्नु भएन ।’
सामान्य तरिकाले गाडीमा आएका सभापति देउवा र नेतृ डा.राणा केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । गाडीबाट झरेपछि नेता, कार्यकर्ताहरूसँगै हिँडेर पार्टी कार्यालयमा प्रवेश गरेका थिए । देउवा र राणामा कुनै अहँकार, घमण्ड, हिनताबोध, अपमान अनुहारमा देखिएको थिएन ।
भएका पुराना पार्टीहरूमा कांग्रेस निकै परिपक्व पार्टीमा पर्छ । न पपुलिस्ट छ, न भड्किन्छ, न धेरै ताउरमाउर नै गर्छ । अलि लोसे र परम्परागत छ । तर, पार्टीभित्र उठ्ने प्रश्नहरू निमोठ्दैन, बोलेकै भरमा कारबाही गर्दैन र परिस्थितिलाई अरूभन्दा जिम्मेवार ढंगले हेर्छ । सभापति देउवाले निकै भद्रताका साथ कार्यकारी भूमिका कार्यबाहक सभापति पदको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए । त्यति ठूलो घटनापछि पनि उनी शान्त देखिन्थे । सायद कांग्रेसमा अब नयाँ युगको शुरूवात भयो ।
सभापति देउवासँगै नेतृ डा.राणा सामान्य पहिरनमा देखिएकी थिइन् । सभापति देउवा पनि सामान्य पहिरनमा थिए । देउवा दम्पत्ति तडकभड्न नगरेर पार्टी कार्यालय आएका थिए ।
सभापति देउवा र डा.राणालाई भदौ २३ गते र २४ गतेको आन्दोलनका क्रममा घर छाडेर सुरक्षित स्थानमा गएर बस्न भनिएको थियो । सभापति देउवाले ‘म आफ्नो घरमा पनि सुरक्षित हुन सक्दैन भने जहाँ गए पनि सुरक्षित हुन सक्दैन’ भनेर घर छाडेर जान मानेका थिएनन् । देउवाले लोकतन्त्रमा विरोध गर्ने, गाली गर्ने, तोडफोड गर्ने कुरा मान्य विषय भएको भन्दै घर छाडेका थिएनन् । भदौ २४ गते प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू लगायत राजनीतिक दलका नेताहरू आफ्नो घर छाडेर भागेका थिए । सभापति देउवा र नेतृ डा.राणा बरु मर्न तयार भए । घर छाडेर भागेनन् ।
भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला उत्तेजित र अराजक समूह घरभित्र प्रवेश गरेर सभापति देउवा र नेतृ डा.राणाको हत्या गर्ने उद्देश्यका साथ सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट बालबाल बचेको देउवा दम्पत्ति एक महिनापछि पार्टी केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा पहिलो पटक उपस्थित भएका हुन् ।
सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा लिखित मन्तव्य बाचन गरेका थिए । आफ्नो मन्तव्यमा कसैप्रति रुखो शब्दावली प्रयोग गरेनन् । निकै निरम देउवाको भाषणको प्रशंसा भएको छ । देउवाले आफू उपचारका लागि विदेश जाने भएका कारण कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया