त्यो घटना आकस्मिक र स्वस्फुर्त होइन, सुनियोजित र योजनाबद्ध हो, तथ्यले देखायो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी पुस्ताले राखेको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले जेनजी पुस्ताले उठाएको मागका विषयमा कांग्रेसमा छलफल हुने बताए ।
उनले भने, ‘जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिस्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिस्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्वोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ । उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्वोधन गर्नै पर्छ । यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ ।’
सभापति देउवाले भदौ २३ र २४ गतेको घटना आकस्मिक वा स्वस्फूर्त नरहेको बताएका छन् । उनले दुई दिनको घटना सुनियोजित र योजनाबद्ध भएको तथ्यहरूले देखाइरहेको बताए ।
देउवाले भने, ‘तर यो अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेका छन् । यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ ।’
‘यो अनुसन्धान कसैलाई तत्कालीक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ । देशमा सबै महत्वपूर्ण अंगहरूको मनोवल गिरेको अवस्था छ’, देउवाले भने, ‘यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नु पर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नु पर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया