प्रहरीको उच्च निगरानीमा रहेका गुण्डा नाइकेहरू दावा–सगुन–झिंगेको समूहले कांग्रेस कार्यालय घेराउ गर्ने
काठमाडौं । सिन्धुपाल्चोक र काभ्रेली गुण्डाहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा घेराउ गर्न लागेका छन् ।
गुण्डा नाइके र कानून विपरितका दर्जनौं काण्डमा संलग्न रहेपछि प्रहरीको उच्च निगरानीमा रहेका काभ्रेका दावा लामा, तीर्थ लामा र सुजन लामा तथा सिन्धुपाल्चोकका सगुन श्रेष्ठ र सञ्जय लामा ‘झिंगे’को समूहले मंगलबार केटाहरू ल्याएर कांग्रेस केन्द्रीय कार्यालय घेराउ गर्न लागेको एक नेताले बताए ।
उनीहरू कांग्रेसका महामन्त्री गगनकुमार थापासँग निकटका हुन् । थापाकै निर्देशन र सल्लाहमा प्रहरीको उच्च निगरानीमा रहेका गुण्डा नाइकेहरूले सुरक्षा दिने भन्दै केटाहरू ल्याएर कांग्रेस केन्द्रीय कार्यालय घेराउ गर्न लागेका हुन् । उनीहरूले घरेलु हातहतियार समेत ल्याउन सक्ने नेताहरूको आशंका छ ।
महामन्त्री थापासँग निरन्तरको भेट र परामर्शपछि काभ्रेली र सिन्धुपाल्चोकका गुण्डा नाइकेहरूले महामन्त्री थापाको सुरक्षा र सभापति शेरबहादुर देउवालाई सिध्याउने भनेर कांग्रेस केन्द्रीय कार्यालयमा आउन लागेको एक नेताले बताए ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवालाई गुण्डाले तह लगाउँछु भन्नु दिवा स्वप्न रहेको बताएका छन् । पाण्डेले लेखेका छन्, ‘दिन सबका आउँछ भन्थे, हो रहेछ, शेरबाहादुर देउवालाई गुण्डाले तह लगाउने रे ! नोट – मेरो लाईन क्लियर छ है, बरु राजनीति गर्दिन्न गुण्डा अप्रेशन चै छाड़दिन्न ! शुभ रात्रि ।’
तरुण दलका केन्द्रीय सदस्य पाण्डेले सामाजिक सञ्जालमा गुण्डाहरूले कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सभापति देउवाविरुद्ध गर्न लागेको हर्कत र गतिविधिको भण्डाफोर गरिदिएपछि काभ्रेली र सिन्धुपाल्चोकका गुण्डाहरू डराएर तनाबमा परेका छन् ।
काभ्रेली गुण्डा नाइके दावा लामालाई प्रहरीले इन्काउन्टर गर्न लागेको थियो । नेपाल तरुण दलका तत्कालीन अध्यक्ष जीतजंग बस्नेतले थाहा पाएपछि प्रहरी प्रशासनसँग हारगुहार गरेर दावा लामाको ज्यान बचाइदिएका थिए । अहिले दावा लामाको ग्याङ सभापति देउवालाई सिध्याउने भनेर महामन्त्री थापासँग निकट भएको छ ।
प्रहरीको उच्च निगरानीमा रहेका गुण्डा नाइकेहरूले कांग्रेस केन्द्रीय कार्यालयमा शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ललितपुर प्रहरीले उच्च सुरक्षासतर्कता अपनाएको छ । गुण्डा नाइकेहरू कांग्रेस केन्द्रीय कार्यालय असपास देखिए भने प्रहरीले तत्काल पक्राउ गरेर कानूनी कारबाही गर्ने जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया