विवाद हुँदा काठमाडौंमा अप्सराको हत्या

काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया विमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभाको खाँदबारी नगरपालिका–६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेञ्जिङ शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रारम्भीक अनुसन्धानको क्रममा उनीहरूबीच वादविवाद भई झगडा हुँदा तेञ्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2025 October 13, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया