चितवनका पर्यटक सुनसान, दुई संस्थाले पर्यटनका लागि आएको बजेट पनि झ्वाम पारे

राजेन्द्र आचार्य

सौराह । चितवनका प्रमुख पर्यटक गन्तव्यहरू मुख्य याममै एकाएक सुनसान देखिएका छन् । विशेषगरी सौराहा, मेघौली र पटिहानी जस्ता स्थानहरूमा पर्यटकहरूको आवागमन झिनो देखिँदा स्थानीय पर्यटन व्यवसायीहरू चिन्तित भएका छन् ।

पर्यटन प्रवर्द्वन गर्ने निकाय पर्यटन कार्यालय सौराहासँगै व्यवसायीहरूको साझा संस्था क्षेत्रीय होटल संघ, नेपाल, सौराहले काम नगर्दा पर्यटन क्षेत्र थप मारमा परेको व्यवसायीहरूको गुनासो छ । ‘सरकारी निकाय र व्यवसायी संस्था व्यक्तिगत, गुट र राजनीतिक हावी हुँदा कोठे कार्यक्रम गरी सरकारी बजेट सिध्याउने यी दुई संस्थाको हो,’ एक होटल व्यवसायीले भने, ‘वहाँहरू अहिले स्थितिमा राजनीति हावी पर्यटन उकास्ने भन्दा गुट भेला, स्वागतमा मात्र व्यस्त देखिनुहुन्छ ।’

सबै व्यवसायीलाई समेटी समान दृष्टिकोण नबनाउँदा सौराहा क्षेत्रको पर्यटन धराप बनाउन सक्रिय भएको व्यवसायीहरूको भनाइ छ । आर्थिक वर्षको तुलनामा यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या करिब २५ प्रतिशतले घटेका छन् ।

पर्टन कार्यालयमा आएको बजेट अनावश्यक फजुल कार्यक्रममा खर्च गरेका कारण व्यवसायीहरू पर्यटन कार्यालयका प्रमुख नै सुरूवा गर्न माग पनि राखेका छन् । यो घटनासँगै होटल, होमस्टे, रेस्टुरेन्ट तथा सफारी सञ्चालन व्यवसायहरूमा आम्दानीमा ठूलो गिरावट आएको व्यवसायीहरूको गुनासो छ ।

‘अब त खाना खर्च पनि तिर्न गाह्रो भयो,’ सौराहाका होटल व्यवसायी तथा पूर्व अध्यक्ष सुमन घिमिरे भन्छन्, ‘कोठा बुकिङ शून्य छ, पर्यटक आउँदैनन् ।’

व्यवसायीहरूले मुख्य समस्याको रूपमा नारायणघाट–मुग्लिङ सडकको जर्जर अवस्था आएको रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरीले बताए । ‘लगातार हुने निर्माण तथा मर्मत कार्यका कारण आवागमन अवरुद्ध हुने गरेको छ, जसले देशी तथा विदेशी पर्यटकलाई चितवन पुग्न हतोत्साहित बनाइरहेको छ,’ गिरीले भने ।

चितवन पर्यटन परिषदका अनुसार, आवागमनको असुविधा, प्रचारको कमी, र पर्यटक गतिविधिहरूको विविधता नहुनु पनि चितवनको पर्यटनमा आएको गिरावटको मुख्य कारण हुन् ।

पर्यटन क्षेत्र संकटमा पर्दा पनि स्थानीय र प्रदेश सरकारको चासो नदेखिएको व्यवसायीहरूको आरोप छ । ‘सरकारको सहयोगबिना अब पर्यटन व्यवसाय उकास्न सकिन्न,’ चितवनका पर्यटन विज्ञ विश्व सुवेदीले भने ।

चितवनको पर्यटन पुनर्जीवनका लागि सडक र यातायात पूर्वाधार सुधार, अन्तर्राष्ट्रियस्तरमा प्रचार‑प्रसार, जंगल सफारी बाहेक अन्य विविध गतिविधि विकास र घरेलु पर्यटक लक्षित छुट र प्याकेज कार्यक्रम जस्ता महत्वपूर्ण कदमहरू चाल्नु पर्ने आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् ।

Published : Friday, 2025 September 26, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया