दाङमा श्रीमतीको हत्या अभियोगमा सुकराम पक्राउ
मसुरिया । दाङमा ५७ वर्षीय सुकराम पुनलाई आफ्नै श्रीमती ५७ वर्षीया लीला पुनको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान घोराही उप–महानगरपालिका वडा नं. ३ रनगैरा सुकराम पुनलाई पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
सुकराम पुनले लीला पुनलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले सुकराम पुनलाई पक्राउ गरेको हो ।
हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरूका बीच घरायसी विवाद हुँदा हत्या भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
Published : Wednesday, 2025 September 24, 1:46 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया