बागमती कांग्रेसद्वारा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल वितरण

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले संविधान दिवसका अवसरमा अस्पतालमा फलफूल वितरण गरेको छ ।

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका सभापति ईन्द्रबहादुर बानियाँसहितका नेताहरूले हेटौँडा अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई निःशुल्क फलफूल वितरण गरेका हुन् ।

मुख्यमन्त्री एवम् कांग्रेस सभापति बानियाँले संविधानको रक्षाका लागि आग्रह गरेका छन् । उनले जनताको बलिदानबाट आएको संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताए ।

Published : Friday, 2025 September 19, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया