काठमाडौंमा सीतादेवीलाई खुकुरी प्रहार, कर्णबहादुर पक्राउ
काठमाडौं । ३७ वर्षीय कर्णबहादुर तामाङले काठमाडौंको गोकर्णेश्वरमा ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरेका छन् ।
बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बस्दै आएकी सीतादेवीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । सीतादेवीको स्थायी ठेगाना काभ्रेको चौरीदेउराली गाउँपालिका–८ मा पर्छ ।
गम्भीर घाइते भएकी सीतादेवीलाई किन खुकुरी प्रहार भएको हो प्रहरीले सोधपुछ र अनुसन्धान शुरु गरेको जनाएको छ । खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिसकेको छैन ।
सीतादेवीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका कर्णबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ । कर्णबहादुरले मदिरा सेवन गरी सीतादेवीको कोठामा प्रवेश गरी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया