तरुण अध्यक्ष गुरुङद्वारा स्व.गणेशमान सिंहले प्राजातन्त्र प्राप्तिमा निभाएको भूमिकाको स्मरण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले लौह पुरुष गणेशमान सिंहको २८औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।

बिहीबार अध्यक्ष गुरुङले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा स्व.गणेशमान सिंहको योगदानको स्मरण गरेका छन् । गणेशमान सिंह नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर रहेको उनले बताएका छन् ।

२००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमान सिंहको उल्लेखनीय भूमिका रहेको तरुण अध्यक्ष गुरुङले बताएका छन् ।

‘१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमान सिंहले देशमा प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निभाउनुभएको थियो,’ तरुण अध्यक्ष गुरुङले भने ।

‘आजको दिन उहाँलाई सम्झिदै परिवर्तनको नवीन खाका सहित अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनि स्व.गणेशमान सिंहप्रति श्रद्धा सुमन अर्पण गर्दछु,’ गुरुङले भने ।

Published : Thursday, 2025 September 18, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया