जेनजी आन्दोलनमा लुटपाट, डकैती र चोरी भएका सामानहरू खरिद बिक्री नगर्न प्रहरीको अपील
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो परिमाणमा लुटपाट र चोरी भएको घटनाका कारण जिल्ला प्रहरी परिसर, काठमाडौंले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ ।
प्रहरीले बुधबार सूचना प्रकाशित गरेर त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न सबैमा आग्रह गरेको छ । भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी÷लुटपाट गरी लगेको पाइएको प्रहरीले जनाएको छ ।
बिलबिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले बताएका छन् ।
चोरी र लुटपाटका त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया