अमेरिकी राष्ट्रपति ट्रम्पले दिए भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका छन् ।
मोदीको ७५औं जन्मदिनमा ट्रम्पले फोन गरेर शुभकामना दिएका हुन् । ट्रम्प र मोदी दुवैले सामाजिक सञ्जालमार्फत् फोनमा कुराकानी गरेर जन्मदिनको शुभकामना दिएको जनाएका छन् ।
फोन वार्ताको क्रममा ट्रम्प र मोदीबीच रुस–युक्रेन युद्धबारे पनि कुरा भएको छ । ट्रम्पले ट्रुथ सोशल सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमार्फत निकै राम्रो कुराकानी भयो । मैले वहाँलाई जन्मदिनको शुभकामना दिएँ । वहाँले राम्रो काम गर्दै हुनुहुन्छ ।’
ट्रम्पले भने, ‘नरेन्द्र, रुस र युक्रेनबीचको युद्ध अन्त्यको पहलमा सहयोग पु¥याएकोमा धन्यवाद ।’
भारतीय प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत दुवै नेताबीचको संवादको विवरण सार्वजनिक गरेका छन् । मोदीले एक्समा लेखेका छन्, ‘मेरो मित्र राष्ट्रपति ट्रम्प, तपाईंको फोन कल र मेरो ७५औं जन्मदिनमा दिएको शुभकामनाका लागि धन्यवाद । तपाईंझैं म पनि भारत–अमेरिकाबीचको व्यापक र वैश्विक साझेदारीलाई नयाँ उचाइमा पु¥याउन पूर्णतः प्रतिबद्ध छु ।’
प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंले गरिरहेका प्रयासलाई समर्थन गर्छौं ।’
सेप्टेम्बर १७ तारिखका दिन भारतका प्रधानमन्त्री मोदीको ७५औं जन्मदिवस हो । मोदीलाई भारतीय जनता र विदेशबाट पनि शुभकामना आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया