खनाल, घिसिङ र अर्यालले दिए शथप, दलहरूद्वारा बहिस्कार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
सोमबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल शपथ लिएका हुन् ।
खनाल, घिसिङ र अर्याललाई प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमा सिफारिस गरेकी थिइन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए । सभामुख देवराज घिमिरे भने अनुपस्थित रहेका छन् ।
शपथ कार्यक्रममा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका राजनीतिक दलहरूको उपस्थिति देखिएको थिएन । विघठित प्रतिनिधि सभाका अधिकांस दलहरूले शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया