आदेश दिएर जेनजीको हत्या गरेको भन्दै निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध जोहरी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत, नयाँ बानेश्वरमा जाहेरी दर्खास्त दिएका छन् ।
शनिबार कपिलवस्तुबाट नेता शाहले ओलीविरुद्ध मिति २०८२ भाद्र २३ गते काठमाडौंको नयाँ वानेश्वर क्षेत्रमा भएको घटनाका सम्बन्धमा जाहेरी दिएका हुन् । नेता शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत ओलीविरुद्धको जाहेरी दिएको बताएका छन् । नेता शाह जाहेरी दिन आफ्ना समर्थक र शुभेच्छुकहरूसहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सदरमुकाम तौलिहवा पुगेका थिए ।
ओली प्रधानमन्त्री रहेका बेला जेनजी समूहका युवाहरू देशको राजनीतिक क्षेत्रमा समेत भ्रष्टाचार व्याप्त भएको भन्दै आन्दोलन गरेका बेला दमन गरेर जेनजीहरूको हत्या गरेको अभियोग लगाइएको छ ।
‘जनताले सरकारवाट पाउनुपने शान्ति सुरक्षा सुविधा प्राप्त गर्न नपाएको समेत विषयलाई लिए काठमाडौं, नयाँ वानेश्वर क्षेत्रमा समेत शान्ति पूर्ण ढंगले प्रदर्शन आन्दोलन गरि रहेको निज विपक्षी के.पी. शर्मा ओली समेत सो शान्ति पूर्ण आन्दोलनबाट रिसाई मिति २०८२ भाद्र २३ गते दिनको अं. १२ बजेको समयमा यी आन्दोलनकारीलाई सिद्धयाई देउ भनि निज विपक्षी के.पी. ओली शर्मा ओलीले मौखिक आदेश दिए सो आदेश क्रियान्वयन भइ सुरक्षाकर्मीले गोली चलाउँदा वर्ष २१ को सुलभ राज श्रेष्ट–१, वर्ष १९ को श्री यम चौलागाइ–१, वर्ष ४२ को बुद्धि तमाड–१, वर्ष १८ को मिसल सारु मगर–१, वर्ष ४५ को पारुहाड उतमल राई–१, वर्ष २४ को योगेन्द्र न्यौपाने–१, वर्ष ३४ को विनोद महर्जन–१, वर्ष ४२ को दिल नारायण तमाड–१, वर्ष २१ को प्रवीन कुलुङ्ग, वर्ष २१ को उमेश महत–१, वर्ष १७ को निता गौतम–१, वर्ष २१ को शौरभ किशोर श्रेष्ट–१, वर्ष २८ को सुवाष बोहोरा–१, निरज पन्त–१ लगायतका युवाहरूको मृत्यु भएको अवस्था छ ।’
‘शान्ति पूर्ण प्रदर्शन आन्दोलन गर्ने प्रजातान्त्रिक अधिकार हो कुनै पनि प्रजातान्त्रिक देशमा सरकारले गर्नुपर्ने काम नगरेको भ्रष्टाचार गरेको समेत विषयमा शान्ति पूर्ण प्रदर्शन आन्दोलन गर्न पाउने अधिकार रहेको उल्लिखित युवाहरू सो आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गरी शान्ति पूर्ण जुलुस प्रदर्शन गरी राखेको अवस्थामा उक्त निहत्या युवाहरुलाई उक्त वमोजिम गोली चलाउन लगाई चलाई ज्यान मारेको अवस्था छ,’ जाहेरीमा भनिएको छ ।
‘स्मरण रहोस कि धेरै जसो युवाहरूको संवेदनशील अंगमा गोली लागेको अवस्था छ । धेरै अन्य युवाहरु घाईते अवस्थामा भइ उपचार भइ रहेको छ’, नेता शाहले जाहेरीमा भनेका छन्, ‘उक्त कसूर विपक्षी के.पी. शर्मा ओली लगायतका अन्य को–को व्यक्ति भइ गरेको सो विषयमा अनुशंधान तहकीकात गरी गराई अनुशंधानबाट अपराधी देखिएका व्यक्तिलाई समेत प्रतिवादी बनाई कार्यवाही गरी सजाय समेत गरी गराई पाउँ ।’


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया