आधा किलो खैरो हेरोईन र गाडी सहित भारतीय नागरिक पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ५ सय ग्राम (आधा किलो) लागुऔषध खैरो हेरोईनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंलाई केन्द्रबिन्दु बनाई भारतबाट खैरो हेरोईन ल्याई बिक्री वितरण गर्ने भारतको सुपौल, बिहार ठेगाना भएका वर्ष २७ का सतीशकुमार यादव र वर्ष २२ की ताञ्जिला प्रवीनलाई पक्राउ गरिएको सोमबार ब्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई भदौ २१ गते पक्राउ गरिएको थियो ।
काठमाडौंको कोटेश्वरबाट भारतीय नम्बरको स्कर्पियो गाडी, लागुऔषध खैरो हेरोईन ५०० ग्राम र डिजिटल तराजु उनीहरूको साथबाट बरामद भएको छ ।
पक्राउ परेका भारतीय नागरिक उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया