बागमतीका सबै पालिकालाई बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मन्थली । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दिगो विकास र उन्नतिका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

शनिबार रामेछाप जिल्लाको रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय साशनयुक्त नगरपालिका घोषणा गर्दै उनले बालमैत्री पालिकाको सफल कार्यान्वयनका लागि स्थानीय निकाय, समुदाय, नागरिक समाजको सहयोग चाहिने बताए ।

बानियाँले भने, ‘यो घोषणा नगरको ठूलो उपलब्धि हो, यसको दिगोपनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्न आवश्यक छ । प्रदेश सरकारले यसलाई निरन्तर सहयोग गर्नेछ ।’

उनले बालमैत्री पालिकाको सफल कार्यान्वयनका लागि स्थानीय निकाय, समुदाय, नागरिक समाज र अन्य सरोकारवालाहरू सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

बागमती प्रदेश सरकार बालमैत्री स्थानीय शासन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै बानियाँले प्रदेशभित्रका सबै पालिकालाई बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री बानियाले भने, ‘प्रदेश सरकारले यसका लागि आवश्यक सहयोग र सहकार्य गर्न सधैँ तयार छ । बाल अधिकारको संरक्षण, बाल विकास र सहभागिताको सुनिश्चितताका लागि हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’

मुख्यमन्त्री बानियाँले बालमैत्री स्थानीय शासनको कार्यान्वयनले नगरपालिकामा बाल अधिकार सुनिश्चित गर्न मात्र नभई स्थानीय प्रशासनको पारदर्शिता, सहभागिता र दिगोपनामा मद्दत पु¥याउने बताएका छन् ।

Published : Sunday, 2025 September 7, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया