मुस्ताङका ठकुरी काठमाडौंमा हतियारसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरी टिकटक बनाउने एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौंको ठमेलमा रहेको होटलमा हातहतियार लुकाइ छिपाइ राखेको छभन्ने सूचनाका आधारमा प्रहरीले छापामारेर २१ वर्षीय कर्म साङ्पो ठकुरीलाई हतिरायरसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अपीलराज बोहराले विज्ञप्तिमार्फत जनाएका छन् ।

मुस्ताङ जिल्लाको वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नं. १ घर भइ हाल काठमाडौंको स्वयम्भू बस्दै आएका ठकुरीले होटलको चौथो तलामा सिरकभित्र पोको पारेर हतियार लुकाएर राखेका थिए ।

हर्नेट जस्तो देखिने मेड इन जापान लेखेको हतयार बरामद भएको छ । ठकुरीलाई नियन्त्रणमा लिइ हातहतियार खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Published : Wednesday, 2025 September 3, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया