गोरखाका विनोद पौने चार करोड रुपियाँ पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको गंगबुमा पौने चार करोड रुपियाँसहित विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
मंगलबार श्रेष्ठलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाका श्रेष्ठले रकम मिटर ब्याजमा लगाउने गरेको खुलेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले श्रेष्ठको घरमा छापामारेको थियो ।
श्रेष्ठको घरबाट पौन चार करोड रुपियाँ र सुनका गहना बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालले बताएका छन् ।
७७ वर्षीय श्रेष्ठले सुनका गहना धितो लिएर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा रकम दिएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।
काठमाडौं उपत्यका प्रहरीमा विशेष सूचना आएपछि प्रहरीले श्रेष्ठको घरमा छापा मारेको थियो ।
Published : Tuesday, 2025 September 2, 10:35 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया