बलिदानका निर्माता सन्तोष सेनले दिए दीपक गिरीको अहँकार र घमण्डको जवाफ

काठमाडौं । अभिनेता एवम् निर्माता दीपकराज गिरीमा अहँकार र घमण्ड हाबी हुन थालेपछि निर्माताले सन्तोष सेनले औकात स्मरण गराइदिएका छन् ।

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग हिमचिम बढाएका गिरीले अन्य निर्माता, कलाकार र चलचित्रकर्मीहरूप्रति निकै तल्लोस्तरको अभिव्यक्ति दिने गरेका छन् । अभिनेता गिरीको निच र तल्लो तहको टिकाटिप्पणी आएपछि निर्माण सेनले गिरीलाई हैसियत स्मरण गराइदिएका हुन् ।

चलचित्र निर्माता सेनले लेखेका छन्, ‘कमेन्ट डिलिट गरेपछि पोस्ट गर्न बाध्य भए… दीपकराज गिरी तिम्रो सोँचमै पाप छ… कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौँ, त्यो काम नगर..।’

‘यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौँ । त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन…,’ निर्माता सेनले गिरीलाई औकात स्मरण गराइदिएका छन् ।

‘हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो…?,’ प्रश्न गर्दै सेनले लेखेका छन् ।

सेनले भने, ‘तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो…।’

‘दर्शकको भावनामा चोट पु¥याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोँचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन…,’ निर्माता सेनले भनेका छन् ।

‘कलाकार र सिर्जनाकर्ताहरूबीच प्रतिस्पर्धा हुनुपर्छ । तर, त्यो सिर्जनामा, कामको गुणस्तरमा…। कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैंलाई अगाडि बढ्ने पापी सोच पालेको छैन…,’ सेनले भने ।

सेनले भने, ‘हामीले ३–४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ…।’

‘कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ,’ सेनले भने, ‘यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने मैले बलिदानको सुरुवात नै कालीमाताको चरण छोएर गरेको हुँ । कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु यसै क्षण मेरो जीवन अन्त्य होस्…।’

अभिनेता गिरीले निर्माता सेनविरुद्ध लामो समयदेखि आलोचना र कामको विरोध गर्दै आएका छन् । सार्वजनिक रुपमा नै गिरीले सेनको आलोचना र टिकाटिप्पणी गरेपछि सेनले जवाफ दिएका हुन् ।

निर्माता सेन प्रसस्त लगानी गरेर राम्रा चलचित्र निर्माण गर्नेमा पर्छन् । सेनले निर्माण गरेको चलचित्र बलिदान रिलिजको तयारी भइरहेका बेला गिरीले अन्टसन्ट गरेपछि सेनले उनको औकात र हैसियत स्मरण गराइदिएका हुन् ।

अभिनेता गिरीले लेखेका छन्, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौ ! आफ्नो हिरो बाघ ! अरूको स्याल ? याद गरौ बाघ पनि जनावर नै हो ! चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न त ब्यंग्य बुझ्छ ! न बौद्धिकता थाहा छ, बुरूक बुरूक सॉढे उफ्रे झै उफ्रिन्छ, माया लाग्छ !’ अभिनेता गिरी चलचित्र क्षेत्रबाट फेज आउन हुने अवस्थामा छन् । त्यसै कारण गिरीले राम्रा अभिनेता, निर्माता, निर्देशकको आलोचना गर्दै आएका छन् । चलचित्र क्षेत्रमा युवापुस्ताले राम्रो काम गरेको गिरीलाई मन परेको छैन भन्ने कुरा उनका लेखा, गराइ र अभिव्यक्ति बिचारबाट देखिएका छन् ।

Published : Tuesday, 2025 September 2, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया