कांग्रेस सचेतक सुशीलाद्वारा रास्वपाकी सोवितालाई संविधानबारे बहसमा भाग लिन चुनौती
काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमामा बोल्दै सांसद समेत रहेकी सचेतक थिङले संसदलाई बहिस्कार गरेर जाने नभई संसदभित्रै आवश्यक छलफल र बहस गरेर कसको ज्ञान कति भन्ने छिनोफानो गर्नुपर्ने बताइन् ।
संसद बाहिर गएर सांसदहरूको अपमान गरेर बोल्ने अधिकार कसले दियो ? भन्दै थिङले रास्वपा सांसद गौतमलाई प्रश्न समेत गरेकी छिन् ।
कांग्रेस सचेतक थिङले रास्वपाले बैठक बहिस्कार गर्दै भत्ता बुझिरहेकाहरूले अरुलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको बताएकी छिन् ।
रास्वपाकी सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरू आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको टिप्पणी गरेकी थिइन् । त्यसपछि रास्वपा सांसद गौतमको आलोचना भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया