राजनीति जात र धर्मको नाममा गर्नु हुँदैन, सहि ढंगल चलाउन सकिनए भने पतन हुन्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राजनीति जात र धर्मका नाममा गर्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा बानियाँ बन्धु समाजले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री बानियाँले आफूले कहिल्यै पनि जात र धर्मको नाममा राजनीति नगरेको बताए ।

उनले भने, ‘मैले राजनीति गर्ने जनताको सेवा गर्न हो । गरिबको सेवा गर्न हो । आमनागरिकको सेवा गर्न हो । मावनताको सेवा गर्न हो ।’

‘हामीले राजनीति कुनै जात वा धर्मको नाममा गर्दैनौँ । राजनीति मानवताको नाममा गर्ने हो,’ मुख्यमन्त्री बानियाँले भने ।

उनले राजनीति राम्रोसँग गर्ने हो भने त्यसले पद र प्रतिष्ठा दिने बताए । उनले भने, ‘बानियाँ बन्धुको शिरलाई मैले चुक्न दिन्न । राजनीतिमा तीन वटा कुरा बुझेको छु । पद भनेको पहिचान हो । पद भनेको प्रतिष्ठा हो । राम्रो गर्दा राजनीतिले पहिचान र प्रतिष्ठा आउँछ ।’

‘यदि यसलाई राम्रो ढंगले राम्रोसँग चलाउन सकिएन भने पद भनेको पतन पनि हो । त्यस कारण मैले पतन हुने काम कहिल्यै पनि गर्दैन,’ मुख्यमन्त्री बानियाँले भने ।

‘म पद र प्रतिष्ठा कायम गर्दै जनमुखी न्यायमुखी, सेवामुखी, आयमुखी र गरिबमुखी काम मेरो पहिलो लक्ष्य हो,’ उनले भने ।

Published : Saturday, 2025 August 23, 3:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया