गोविन्दासँग सम्बन्ध बिच्छेदका लागि सुनिताले दिइन् निवेदन
मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएकी छिन् ।
गोविन्दासँग सम्बन्ध बिच्छेदका लागि सुनिताले बान्द्रा फेमिली कोर्टमा निवेदन दिएकी हुन् । सुनिताले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र क्रूरताको आरोप लगाएकी छिन् ।
सुनितासँगको सम्बन्ध बिच्छेदका समाचारहरूको अभिनेता गोविन्दाले खण्डन गरेका छन् ।
सुनिताले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी छिन् ।
पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो । जुनदेखि, दुवैजना मुद्दा समाधान गर्न प्रयासरत रहेको समेत जनाइएको छ । सुनिता अदालतमा उपस्थित हुँदै आएकी छिन् । गोविन्द अदालतमा पुगेका छैनन् ।
६१ वर्षीय गोविन्दाको एक मराठी अभिनेत्रीसँग अफेयर रहेको समाचार बाहिरिएका छन् । गोविन्दाका म्यानेजर र नजिकका साथीले सम्बन्ध विच्छेदको खबरलाई अफवाह भनेका छन् ।
भारतको प्रतिष्ठित अखबार द इण्डिन एक्सप्रेसले पनि सुनिताले बान्द्रा कोर्ट सम्बन्धविच्छेदको निवेदन दिएको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया